इतिहास आफैँ दोहोरिन्छ दोहोरिँदैन
थाह छैन मलाई,
तर थाह छ
तिमी एउटै काम दोहोर्याउँदिनौ।
शहर विभाजित भएको सम्झना छ मलाई,
यहुदी र अरबबीच मात्र हैन
तिमी र म एकै भएर बाँचेका बेलामा पनि
हामी दुई मै समेत।
हामी आफैँले सङ्कटको गर्भ रोप्यौँ
हामीले प्रलयकारी युद्धको जगमाथि युद्ध कै घर बनायौँ,
सुदुर उत्तरका मान्छेले झैँ
जो मृत्यु बोकेका हिउँ जोडेर सुरक्षित न्याना घर बनाउने गर्छन्।
शहर त फेरि एक ढिक्को भएको छ,
तर हामी एकसाथ छैनौँ।
अब भने थाह पाएँ मैले
इतिहासले दोहोर्याउँदैन आफैँलाई।
तिमी एउटै काम दोहोर्याउँदिनौ भन्ने त थाह छँदै थियो।