भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दशैँताक / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यो बोकोले खाइरहेछ
खास घाँस !
हामीहरुको आर्कै यहाँ छ
अनाज,
काँढा, काँढा !
त्यो कालो छ, हामीहरुको सेतो रङ्ग छ,
गाढा गाढा !
क्या मत्तेको मोटो पशु छ छाडा !
आउला दशैं !
यसको बलिदान !
हाम्रो उत्सव !
त्यो होला कति टाढा ?