भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दह हुँ म जमिदिन्छु / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दह हुँ म जमिदिन्छु
आफैँभित्र रमिदिन्छु
अचल छु नछोऊ
छोए फेरि दबिदिन्छु
 
गुनासा छन् सुस्केरा छन्
चहराउने उचेरा छन्
चुँडिदिए घाउ लाग्छ
खप्नै पर्ने दुखेसा छन्
 
जून खस्छ तारा खस्छ
तातो घाम साथै बस्छ
चिसिएर बर्षन्छु म
तरङ्गमा मन फस्छ