कुइरोले छेकेको छ बस्तीको प्रतिबिम्ब
र —
छोपेको छ धुरीबाट निस्कने धूवाँसँगै
अमिलो चोटहरु
घाउका कुरुप दागहरु ।
मलाई हुस्सु मन पर्छ
यस कारणले —
जीवनको नमीठा भोगाइहरु
कुइरोले छेकेको बस्तीजस्तै
छेकेर राखेकी छु हृदयको कुना–कुनासम्म ।
कुइरोले छेकेको छ बस्तीको प्रतिबिम्ब
र —
छोपेको छ धुरीबाट निस्कने धूवाँसँगै
अमिलो चोटहरु
घाउका कुरुप दागहरु ।
मलाई हुस्सु मन पर्छ
यस कारणले —
जीवनको नमीठा भोगाइहरु
कुइरोले छेकेको बस्तीजस्तै
छेकेर राखेकी छु हृदयको कुना–कुनासम्म ।