Last modified on 2 जून 2017, at 12:13

दायित्वका खाता हेरेँ / निमेष निखिल

दायित्वका खाता हेरेँ गर्नु धेरै शेष रै'छ
पिरतीमा रुनुभन्दा एक्लै बस्नु बेस रै'छ
 
विश्वास गरेँ धेरैलाई धोका पाएँ जताततै
छिनछिनमै बदलिने मानिसको भेष रै'छ
 
अझ पनि बिराउँदै छु जिन्दगीको पाखोबारी
अलिअलि बुझ्दै छु म मान्छे भन्नु देश रै'छ
 
उमेरको ओरालीमा बल्ल आज थाहा पाएँ
निखिलको नियतिमा मात्र सेतो केस रै'छ।