भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दियालो अझै सल्केन दाजै ओसिलो साउन / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बहिनी
  
दियालो अझै सल्केन दाजै ओसिलो साउन
व्यथाले भिजी चुहेको आँखा सकिन छाउन
 
धर्तीको खुसी खोसेर हाँस्छन् सुखका मलामी
भत्काई घर, दुःखको पहिरो चढाउँछन् सलामी
उचाइमा पुगी बिर्सन्छन् तिनले करूणा सागर
तिनैले गर्दा अन्योलमै मर्छन् कलिला जाँगर
 
धुवाँ भै उठ्छन्, यी गीतहरू अलमलमा पर्दैछन्
उज्यालोनिम्ति उठेका पाइला ओझेलमा सर्दैछन्
भरिन बाँकी छन् धेरै घाउ, कहाँ छ मलम !
कसरी बनूँ उज्यालो निम्ति नसुक्ने कलम
 
उज्यालो बोकी हिँडेथ्यौ दाजै गाउँ र पाखामा
ती मीठा गीत, उज्याला अक्षर छन् अझै आँखामा
त्यै प्रतिध्वनि गुञ्जियोस् भन्छु एउटै लयमा
नपरोस् भन्छु मान्छेले भाग्न मान्छेकै भयमा ।