भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिल कचौरा यो उचालौँ / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दिल कचौरा यो उचालौँ खान्छु हीरा मर्न देऊ
रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ ।

एक निलमको छ ढोका जो कुवेरको द्वारमा
हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ ।

फूल जस्ती कोमलाको छैन दिलमा के दया
जिन्दगी भो प्यास रित्तो एक थोपा पर्न देऊ ।

जिन्दगानी यो छ बादल कालो रङ्गको छेउमा
मर्छ भन्ने रोगीलाई चट्ट मर भनी मर्न देऊ ।