भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुःखका आँधी, पीरका कथा, रातका कविता / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अँध्यारो

दुःखका आँधी, पीरका कथा, रातका कविता
रहस्यभित्रै अल्झिए मेरा भूत र भविता
 
आँखामा बस्ने अनौठो आशा, उज्यालो चहक
भरोसाभित्र रमाई उठ्छन् जीवनको महक
यो कालो-सेतो, आकाश-धर्ती, भीर र पहिरो
त्यो भन्दा पनि मान्छेको मन झन् कति गहिरो
 
मभित्र पनि अनन्त एउटा उज्यालो छाया छ
त्यै छायाभित्र अमर-सृष्टि धर्तीको माया छ
लिएर आउँछु साँझमा शीतल काखको सिरानी
म जागै बस्छु, छोपेर धर्ती, जन्माउँछु बिहानी ।