भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुईटा फूल देउरालीमा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दुईटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको
बिसाउनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ

राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओतमुनि आकाशको छायामुनि धरतीको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ