भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुई कविता / राजव

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कविसँग
क्रुरताको बारेमा धेरै कुरा
कविलाई थाहा छ
कविसँग
अरू सौन्दर्य छैन
यातना, पीडा, दुत्कार, त्रासका
भयानक रूपहरू कविले भोगेको छ
कविसँग
अरू सौन्दर्य छैन
कविले विरोध गरेको छ
प्रतिरोध गरेको छ
कविसँग
अरू सौन्दर्य छैन
कविले दमन देखेको छ
नजरबन्दमा उज्यालो कुरेको छ
कविसँग
अरू सौन्दर्य छैनध्र
म जो पढ्छु

---

म तिमीलाई कलाका लागि हैन
इमानका लागि पढ्छु कवि
कलाका लागि पढ्नेहरू
अरू नै पढुँन्
म तिमीलाई पढ्छु कवि
कलाका लागि पढ्न
बजारमा थुप्रै आत्मलीन नामहरू छन्
म आफ्नु भूमिलाई पढ्न
तिमीलाई पढ्छु कवि
न्यायको आवाज
स्वतन्त्रताको चाह
दुवै मेरा आदरणीय हुन्
म नतम‚तक तिमीलाई पढ्छु कवि
सुझाव छ महानहरू पढ्ने
तर म तिमीलाई पढ्छु कवि