भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुखाउँछ मान्छेलाई सानो कुराले / प्रमोद स्नेही

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दुखाउँछ मान्छेलाई सानो कुराले पनि
यसै भन्नुहुन्थ्यो मलाई, हाम्रा बाले पनि

व्युझन्छु प्रत्येक रातहरूमा ऐठन परेर
सुत्नै दिदैन मान्छेलाई, सपनाले पनि

एक दिन त मर्छु म पनि, जसरी मर्छन् अरु
हिँड्दा हिड्दै धोका दिन्छ यहाँ खुट्टाले पनि

नहेर्नु धेरै आकाशमा, लजाउलान चन्द्रमा फेरि
हद नाघेपछि, उजुरी हाल्छन चन्द्रमाले पनि