भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुनियाँले नटेकेको मेरो शहर तिमीलाई / सीमा आभास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दुनियाँले नटेकेको मेरो शहर तिमीलाई
कसैसँग नसाटेको मेरो रहर तिमीलाई ।

डाँडा पाखा फूल चौर सङ्गीतको धूनसँगै
पूर्णिमामा फूल्ने जून तारा लहर तिमीलाई ।

सारङ्गीमा रेटिएर युगयुग बाँच्ने प्रीित
हाम्रो आँसु हाँसो बग्ने प्रेम नहर तिमीलाई ।

आँखाभरि सजाएका मुटुभरि फूलाएका
तिम्रै लागि लेखिएका गजल बहर तिमीलाई ।

खै के दिउँ प्रेम चिनो मात्र रित्तो मान्छे हुँ म
फूलैफूल बनी फूल्ने पैलो पहर तिमीलाई ।