भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दु:ख लाग्छ हामी त्यस्तो उपयुक्त खोज थियौँ / येहुदा अमिसाई / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिनीहरूले तिम्रा तिघ्रा गिँडेर
मेरा नितम्बमा जोडिदिए।
मेरा बुझाइमा
तिनीहरू सबै सर्जन हुन्।
 
भत्काए तिनीहरूले
हामीलाई एकअर्काबाट।
मेरा बुझाइमा
तिनीहरू सबै इन्जिनियर हुन्।
 
दु:ख लाग्दो कुरो,
हामी कति विघ्न राम्रा र सुन्दर आविस्कार रहेछौँ
नारी र पुरुषबाट बनाइएको एउटा हवाइजहाज रहेछौँ
पखेटा र सबैथोक रहेछौँ।
हामी भुईँ छोडेर माथिमाथि हिँड्यौँ।
 
अलिअलि त हामी उड्यौँ नै पनि।