भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

दूबो / उदय निरौला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भीमकाय ढुङ्गाहरूले
वर्षौंदेखि थिच्दाथिच्दै पनि
अलिकति घाम चियाएर
काप–कापबाट
‘दूबो’ आकाश उभिएछ
सुस्त–सुस्त हावा फेरेर
प्वाल–प्वालबाट ‘दूबो’ झाँगिएछ ।
 
ढुङ्गाहरूको पहाडे वजनजति किन नहोस्
भासिएर माटोजति किन नदुखोस्
तर थोरै भए पनि दुलो भेट्दा
‘दूबो’ थिचिन जान्दैन
अलिकति मात्र पनि उज्यालो पाउँदा
‘दूबो’ किचिन मान्दैन ।

‘दूबो’ उचालिनु नियतिको आस्था बढ्नु हो
‘दूबो’ झाँगिनु प्रकृतिको बास्ना नमर्नु हो
नत्र च्याप–च्यापबाट ‘दूबो’
बामे सर्ने थिएन
काप–कापबाट दूबो
ताती गर्ने थिएन ।

यसैले दूबोको युधिष्ठिर पक्षलाई
दुर्योदधन बारहरूले छेक्न सक्दैनन्
आगो खन्याए पनि तुसारो घोप्ट्याए पनि
आकाश लम्कनेउ सका पाइला अवश्य मेटिँदैनन्
काप–कापबाट हुत्तिने उसको प्रक्रिया कदापि निमोठिँदैन
जत्रोसुकै वजनले थिचे पनि
जतिसुकै बारले छेके पनि
आखिर
दूबो— आकाश उभिएछ
दूबो— सुस्त–सुस्त झाँगिएछ ।