भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

देख्ने र देखिने / वीरशाली पन्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मनः प्राणज्ञानेन्द्रिय सकल कर्मेन्द्रिय तनू
निजात्मा सत्ताले जड इ सव चैतन्य झँञि छन् ।।
यही वोध् बूझीन्या अति विमल वोधानुभव यो
वनाहूँदामा श्री हरिचरण मात्रै शरण छन् ।।१।।

द्यखीयाका मेरा म पनि द्यखिन्याको द्यखिन्य हूँ
भनी येसो मेसो नबुझि भनि यो नाथ मञिले ।।
जहाँ लौ ताहाँ लौ धउ वहु पर्यो को झिकिद्यवस्
पर्यैको यो दुःखै पयरि पनि नजान्या वरिपरी ।।२।।

द्यखीयाको बुद्धी द्यखि यतातिरै जत्ति छ जगत्
तती मात्रै त्यस्ले म छु भनि त सक्तैन कहन ।।
जडाँफू (जड आफू) हुनाले विमस परमात्मा विभु विना
भनम् कस्तोरी यो होइन नभयैको द्यखिय झैं ।।३।।

भयाको मात्रै झैं छ पनि भन्य झैं लाग्दछ झुटै
सुइना झैं जान्नू शिपी द्यखिंदामा चाँदि भन्य झैं ।।
नभf’को यो वस्तू पनि द्यखन्याले मात्र द्यख्यको
ह्व आत्मा सत्तामा गति नलखिसक्नू कुमतिले ।।४।।

यसै देहैमा ज्ञान् यहि लिनु बुझि धीर मति ली
हुनू गम्भीराधीनू चरणकमलैमा भ्रमर झैं ।।
द्यखीन्याले देख्नाकन पनि सकिन्न द्यखन्यलाई
आफू देखन्या हूँ कि द्यखिन्य आफु हुँ भ्रांति जव गो ।।५।।

[‘विमलवोधाभव’बाछ] ‘बुइँगल’ बाट साभार