Last modified on 10 जनवरी 2017, at 16:25

देश एक्लो परेको छ / प्रेम विनोद नन्दन

यहाँ देश एक्लो परेको छ आज
इमानी शिरै यो झरेको छ आज

बल्यो अग्नि ज्वाला छ रातो हिमाल
डढेलो कतैको सरेको छ आज

थियौं स्वाभिमानी हिजोसम्म हामी
कसोरी भनूँ क्वै चरेको छ आज?

र, ऐना फुटेझैं फुटेको छ भाग्य
भनूँ खै कसोरी मरेको छ आज

सबै हात हाम्रा उठाएर जागौं
सधैं भोलि भन्दै टरेको छ आज