Last modified on 9 जुलाई 2017, at 17:06

धरतीको छाती ज्योतिले पोती म भेट्न आउँला / लक्ष्मण लोहनी

धरतीको छाती ज्योतिले पोती म भेट्न आउँला
सगरका तारा आँगनमा झारी दोहोरी खेलौंला

दसशय खोला नौडाँडा जम्मै सेरो र फेरो यो
पसिना झारी पूर्खाले तिम्रै बाउसे गरेको
बाल र बच्चा गलेर अब कोदाली बनाऊँ
जोशिला मान्छे जाँगर चलाई दश नंग्रा खियाऊँ

एक मुखले बोले के हुन्छ सम्झ कोटीले बोल त
एक हात चलाई के बन्न सक्छ दुई कोटी चलाऊँ त
विश्वको उचो चाँदीको चुच्चो चाँदीको बनाउँला
उसै त राम्रो नेपाललाई झन राम्रो बनाउँला

नुहेको छैन धरतीको शान हिमाल तिम्रै हो
गलेको छैन हात र पाउ नेपाली जनको
करोड हामी बिजुली बनी चम्केर हिडौंला
एक दिन पनि सानले हामी बाँचेर मरौंला