भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धिक्कार / तुलसीबहादुर छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
जसको रजले देह बन्यो औ जसको जलको धार
बग्दै अविरल नसा-नसामा गर्छ रक्त सञ्चार ।
यस्तो गुणिलो मातृभूमिको
दीन-हीनता दूर गर्न पो
दिलोज्यानले अघि सर्दनन् गर्छन् नीच विचार
कुपुत्र हुन् ती जन्मभूमिका तिनकन शत धिक्कार!!

(२)
जसले भुल्दछ निज जननीको प्रेमपूर्ण व्यवहार
सट्टामा जो हरदम थप्तछ दुःख र दर्द हजार ।
तोड्दछ जसले निज माताको
कल्पित दुनियाँ मानवताको
कलंक हो त्यो निश्चय जसको मानव-पशु धिक्कार |
धिक्कार! जन्म मातकोषमा वारंवार धिक्कार !

(३)
जुन भाषामा तोते बोली मधु फैलियो बहार
जुन भाषामा सतत भावना जाग्रत् भै छ तयार।
हेलाँ गर्दै स्वमातृभाषा
प्रमी बन्छ सधै परभाषा
निज भाषाको निन्दा सुन्दा 'हो, हो' भन्छ गवार ।
जीवित व्यर्थ वस्छ जगतमा अधम नीच धिक्कार।

(४)
सुपुत्र हुन् ती जगमा समाज देश सुधार
गर्दै हेर्छन् दुःख दुःखीको बन्दै प्राणाधार ।
जन्मभूमि औ स्वमातृभाषा
सबमा छर्दै उन्नति खासा
तन, मन, धन, आऊ सुधारौं भन्दछन् वारंवार
तिनको पथमा बाधक बन्ने अन्धोकन धिक्कार !

(५)
जसले गर्दछ स्वमातृभाषा अवहेलना संसार
जन्मभूमि आमा आँसुमा छन् तर नव शृंगार।
जो छोड्दैन कलुषित बानी
मस्त मोजका मधुर. कहानी,
सुन्छन् हाँस्दै अनुनय सारा बन्छन् म छु लाचार
सीङ पुच्छरले विहीन पशु धिक्कार छ वारंवार ।