भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ / बुद्धवीर लामा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटा-
धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
दुई दिनको जिन्दगीमा केके हुने हो
हाँसी राख न माया बोली राख न
केटी-
धेरै चोटि भेट भयो तर वाक्यै फुटेन
बोल्न त मन लाग्छ बोली फुटेन
हाँसु कसरी माया बोलुँ कसरी

केटा-
जिन्दगी बगेको पानी जस्तो हो
आउँदैन फर्केर फेरिफेरि यो
केटी-
माया त दुई दिनको घामछायाँ हो
कर्मले डोर्याई कता लाने हो

केटी-
आँखैको भाकामा मनै अल्झियो
कहिलेकाहीं दुख्ने मुटु फेरि बल्झियो
केटा-
लजालु मुस्कानले साथ देऊ न
तितोमिठो घाउमा ओठ टाल न
केटी-
भनुँ कसरी हाँसु कसरी

शब्द - बुद्धवीर लामा
स्वर - मानसिं थुलुङ्, उषाकिरण अधिकारी
संगीत - मानसिं थुलुङ्