Last modified on 4 अगस्त 2016, at 09:41

धेरै छ गर्नु स्वदेशको सेवा / गोपाल योञ्जन


धेरै छ गर्नु स्वदेशको सेवा, नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने, म नै हुँ भन्नलाई
होइन भने नेपाली नभन, वीरको छोरानातिमा नगन

नेपाली हुन पूर्व जनमको कमाईले पुग्दैन
पुर्खाको पौरख श्रम र आशिष मात्रैले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन
होइन भने नेपाली नभन, वीरको छोरानातिमा नगन

महाकाली मेची हो भन्छ नेपाल, म भन्छु मानचित्र
वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र
सबैले मन खोलेर भन जय जय नेपाल
भन्यौ कि बन्यो नेपाल सुन्दर शान्त र विशाल
होइन भने नेपाली नभन, वीरको छोरानातिमा नगन