भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धेरै दिन भो तिम्रो झझल्को / विश्ववल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धेरै दिन भो तिम्रो झझल्को
यो मनमा आउन छोडेको
कतै तिमीले माया मार्यौ कि
मलाई साँच्चै नै भुलिदियौ कि

पिरती यो जिन्दगीमा केवल तिमीसँग
दुई मुटुको ढुकढूकीमा एउटै थियो रंग
भेट नहुँदामा शंका उठ्ने मेरो बानी हो
यो आँखाले त्यो आँखालाई नहेरेको धेरै भो

नखोजेको हैन मैले बिर्सनलाई तिमी
एक अर्काको वशमा छैनौ किन होला हामी
तिमीले दिएको फोटो अब मेरो साथी भो
जिन्दगीमा तिम्रो याद मात्र अब बाँकी भो