भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धोका दियौ तिमीले / बुद्धवीर लामा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धोका दियौ तिमीले कलेजोमा घाउ लाग्यो
बिछोडको गोलीले बदनामको दाग लाग्यो
बसुँ आफ्नै घर छैन जाऊँ घुम्ने ठाउँ छैन
मरुभूमि जिन्दगीमा तिम्रो न्यानो साथ छैन
आँसु दियौ तिमीले मुटुभित्र चोट लाग्यो
बिछोडको गोलीले बदनामको दाग लाग्यो
निर्दौष माया खै किन आज बैरी भएछ
विश्वासघातको कारणले आत्मा रोइरहेछ
पीर दियौ तिमीले मनभित्र रोग लाग्यो
बिछोडको गोलीले बदनामको दाग लाग्यो