भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नदी हुँ म बग्दै आएँ , बग्दै बग्दै जान्छु / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नदी
  
नदी हुँ म बग्दै आएँ , बग्दै बग्दै जान्छु
पाएँ भने चोखो प्रीति सँगालेर लान्छु
 
पहाडजस्तो अडिबस्ने स्वभाव छैन मेरो
माथि-माथि चुली चढ्ने रहर छैन मेरो
जो'जो बस्छन् तलतल तिनैसँग हुन्छु
आँसु बगाई पीरैपीरको गहिराइ सुन्छु
 
कैले पनि चुप लाग्दिन मनको गीत गाउँछु
पीर-व्यथा बाँड्न पाउँदा साह्रै सुख पाउँछु
आफन्त हुन् माया गरी सुनिदिने मलाई
रुँदै भा'नि बग्दा बगूँ धर्ती उर्वर बनाई ।