Last modified on 19 मई 2020, at 13:33

नभए दुःख संसारको सुख धूलोझैँ हुने'थ्यो / मञ्जुल

दाजु
  
नभए दुःख संसारको सुख धूलोझैँ हुने'थ्यो
सौन्दर्य सारा गुमाई धरा धर्धरी रुने'थ्यो
 
यो दुःख भन्नु जीवनको लागि अभिन्न मित्र हो
जिन्दगी बाँच्न सहारा दिने सुन्दर चित्र हो
सहनशीलता बढाउँछ यसले बढाउँछ विश्वास
मर्छु कि भन्ने विपद्मा पनि दिलाउँछ निःश्वास
 
फूल पनि फुल्छ दुखैले गर्दा दुखैले फुट्छ मूल
दुखैले जुझे हटेर जान्छ पीडाको गहिरो शूल
दुःख नै नभा सुख त बहिनी हुँदैन संसारमा
सुख र दुःख एउटै हुन्छ दैवको धन्सारमा ।