Last modified on 3 अक्टूबर 2016, at 18:47

नमाग मसँग सहारा नमाग / रमेश क्षितिज

नमाग मसँग सहारा नमाग
भुइँमा छु आकासका जूनतारा नमाग

घाम खोज्दै हिँडे बादल झरीमा
डुबेको छु आफैँ भुमरीहरूमा
नमाग मसँग किनारा नमाग
भुइँमा छु आकासका जूनतारा नमाग

तिमी खुसी रोज्छ्यौ म छु चोटहरूमा
प्यासले कलेटी परेछ यी ओठमा
नमाग मसँग छहरा नमाग
भुइँमा छु आकासमा जूनतारा नमाग