भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नमिलेको जुरेपछि / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



धूलोसरि उडेपछि
धागोसरि चुँडेपछि
बिरानो भो माया पनि
नमिलेको जुरेपछि
 
सञ्जिवनी हुन्थ्यो पहिले
अहिले भयो विषैविष
मिले मन खुसीहाँसो
नमिलेमा रिसैरिस
 
नाफा हुँदा मेल भयो
घाटा हुँदा झेल भयो
नबुझेर माया गाँस्दा
जिन्दगी नै खेल भयो
 
नयाँ रङ्ग चढेपछि
काँढासरि गढेपछि
बिझाउने भो माया पनि
दिलबाट सरेपछि