भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नमिल्दा इच्छाहरू / शशि भण्डारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

— तातो सूर्य
  दिनलाई सजाउँछ
  आफै शीतलता खोजिहिँड्छ ।

— रुग्ण चन्द्रमा
     अँध्यारोमा झुल्कन्छ
     आफै रातको वशमा पर्छ।

— शुष्क पानी
    आफै तिर्खा मेटाउन खोज्छ
    प्यास सम्झी रुने गर्छ।

— निर्मोही सपना
     आँखालाई बहिष्कार गर्छ
    आफै साँझ कुरिरहन्छ ।

— नमिल्दा इच्छाहरू
      — प्रकाशबाट छाया छुटाउँदै
      — दिनबाट राप खोस्दै
      — रातबाट धार निचोर्दै
मेघलाई उल्र्याउँछन्
पानीलाई वेगविहीन बनाउँछन्
सपनालाई पनि अस्वीकार गर्छन्।