भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयपालि ठिटो / धरणीधर कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नयपाल स्वतन्त्र गराउनको रणभेरि सुनेर जुरूक्क उठ्यो
परतन्त्र हरे निज देश बुझ्यो अनि भाव र आग्रह पूर्ण भयो
गणतन्त्र गराउन गजि उठ्यो छरितो र छिटो नयपालि ठिटो

बरबन्दुक तोप र बारूतको तरवार खुडा खुकुरीतकको
अतिघोर अघोर अभाव थियो हँसिया खुरपा न त केहि थियो
तर त्यो रणमा अघिमात्र बढ्यो छरितो र छिटो नयपालि ठिटो ।

थिर बम्मसमान रती नडरी घरबार तजी तरवार भिरी
रणरंग गरी बिरगञ्ज पस्यो खलबल्ल भयो दरवार भरी
विनरक्त परासि पसेर बस्यो छरितो र छिटो नयपालि ठिटो ।
 
निज रक्त प्रदान गरेर बढी सरकारपटीतिरका निज ती
छरपट्ट गराइदिएर पस्यो रणरंग गरेर अडेर ' बस्यो
नयपाल भयो अब धन्य अहो छरितो र छिटो नयपाली ठिटो ।

युगवाणी, ४।३६, ४ फाल्गुण २००७