भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयाँ नायिका / कञ्चन पुडासैनी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उपमा पनि हिँडिछ
उपमा उसको नाउँ थियो
तर, यस शब्दले
उसको आकारप्रकार ल्यायो
आँखासहित अनुहार ल्यायो
नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो
मानौँ सुने न जानेको कोही परदेशी शब्द
जसको कुनै नागरिकता छैन र
कुनै माइती-मावली छैन
गोठ छैन, हवेली छैनन्
सहचर छैन, सहेली छैनन् ।

किन्तु उसको नाउँ अहिले
सशरीर ऊ बनी उभिन आयो
जो भर्खरै चियाउन पो लागेकी थिई र
मुस्कुराएर पनि भागेकी थिई
ऊ अवश्य नै त्यति छिप्पिएकी थिइन है
तर, हिजो ऊ कसैसँग उडिछ
सायद भित्रभित्रै बढिछ ।