भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नाज़िक अल मलाइका / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नाज़िक अल मलाइका - परिचय

नेपालीमा

नाजिक अल मलाइकाको जन्म २३ अगस्ट, सन्‌ १९२३ मा इराकको बगदादमा एउटा सुसंस्कृत तथा साहित्यिक परिवारमा भएको थियो।उनका पिता कवि थिए र उनले २० भाग इन्साइक्लोपिडियाको सम्पादन गरेका थिए।उनकी आमा अम निजार मलाइका बेलायती शासनका विरुद्दमा छद्मनामले कविताहरू लेख्ने गर्थिन्‌।

अल मलाइकाले सन्‌ १९४४ मा बग्दादको एउटा कलेजबाट स्नातक गरिन्‌।कलेज पढ्दाताकादेखि नै उनले आफ्ना कविताहरू विभिन्न पत्रिकाहरूमा प्रकाशित गराउन थालिन्‌।फाइन आर्ट इन्स्टिच्युटमा भर्ना भएर उनले सङ्गीतको औपचारिक शिक्षा लिइन्‌।अङ्ग्रेजी सहित्यप्रतिको आफ्नो ज्ञानका कारण मलाइकाले संयुक्त राज्य अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा छात्रवृत्ति पाइन्‌।उनले विस्कन्सिन विश्वविद्यालयबाट साहित्यमा स्नातकोत्तरको अध्ययन पूरा गरिन्‌ र विश्वविद्यालयमा अध्यापक तथा प्रध्यापकका रूपमा प्राध्यापन गरिन्‌। नाजिक अल मलाइकाले आफ्नो पहिलो कविता दश वर्षको उमेरमा पारम्परिक अरबी ढाँचामा लेखेकी थिइन्‌।सन्‌ १९७८ सम्ममा मलाइकाले 'आशिकत अल लाय्ल' (रातकी प्रेमिका), 'शजाया वा रामाद' (झिल्का र खरानी), 'क्वरारात अल म्वौजा' (छालको पिँध) लगायत सात वटा काव्यसङ्ग्रह प्रकाशित गराइन्‌।

उनले बगदादमा अरबी पढ्दादेखिका आफ्ना साथी अब्देल हादी महबुबासँग सन्‌ १९६१ मा विवाह गरिन्‌। मलाइकाले लामो समय कुवेत विश्वविद्यालयमा प्राध्यापन गरिन्‌।सन्‌ १९९० मा कुबेतमाथि भएको इराकको आक्रमणका कारण उनलाई कुबेत छोड्न वाध्य बनाइयो।उतिसारो चर्चामा रहन नचाहने मलाइकाले सन्‌ १९७४ पछिका पच्चीस वर्षको अवधिमा लेखिएका रचनाहरू सङ्ग्रहित गरेर सन्‌ १९९९ मा अर्को पुस्तक प्रकाशित गराइन्‌।

खाडी युद्ध सकिएपछिदेखि नै मिस्रको राजधानी कायरोमा बस्दै अएकी नाजिक अल मलाइका धेरै वर्षसम्म पार्किन्सन्स रोगबाट ग्रसित भएर २० जुन सन् २००७ मा कायरोमा नै दिवंगत भइन्‌।