भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नाट्यशाला / भीमनिधि तिवारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन्
जीवनधारीहरू सारा कर्मचारी समान हुन् ।

छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी
यहाँ भेष लिई नाना आउँछन् नट औ नटी ।

अभिनित यहीं हुन्-विपत्तिया महीपति
अंक प्रलयको बेला, महाप्रलयमा 'इति'

सुत्रधार भई, काल काम गर्छ निरन्तर
गुण दोष दुवै हेर्ने आलोचक छ ईश्वर !