भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नायिकानुनय / दुर्गाप्रसाद शर्मा भटृराई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हेर प्यारि ! तिमि लाज नमान, एक हूँ दुइ जना भनि जान ।
भेट भो भनि लिईकन हर्क झटृ सुन्दरि ! यतातिर फर्क ।।१।।

धेर कालतकको छ कबोल, बल्ल भेट हुनगो अनमोल ।
कोहि छैनन प्रिये ! अरु साथी, व्यर्थ लज्जित हुन्छ ममाथी ।।२।।

मनमहाँ लिइ टूलो अभिलाषा, चोलि लाइकन ताशकि खासा ।
कोरि केशहरु ती अति काला, हातमा पनि लगायर बाला ।।३।।

काल्टिकी असल सिम्रिकलाई, टल्कनेकन गरेर जमाई ।
भालमा पनि छ छाप सितारा, मात गर्छन कि निर्मल तारा ।।४।।

घाँटि सुन्दर छ शङ्घसमान, मुन्द्रि ढुङ्ग्रिहरुपूर्ण छ कान ।
लाल माणिक जडाउ तयारी क्या, अमोल छ त यारिङ भारी ।।५।।

प्यारि ! त्यो वदन चन्द्रसमान, ओठमा पनि त लाल छ पान ।
क्या मनोहर छ लाल कपोल, सुन्दरी ! रसिलि भैकन बोल ।।६।।

भारि सारिकन खुप सम्हारी, पारि नक्कल सबैतिर भारी ।
इारि गर्न भनि आइ तयारी, हुन्न नाञि भननू किन प्यारी ! ।।७।।

कोरि बाटिकन सुन्दर केश, फूलहेरु शिरमा घरि वेश ।
एकली निमि शुरुशुरु आयौ, दङ्गदास भय रङ्ग जमायौ ।।८।।

देख्दा भमर पंक्तिसरीको, झल्कने सुन निधारभरीको ।
हेर्दछु अलकको पनि शोभा, गर्छ जुन अलकले मन तोभा ।।९।।

चूरिको छनन शव्द छ भारी, पाउजेप अनि कल्लि बजारी ।
छम्म छम्म हुनगो सुन सोर, थाह हुन्छ चुरिहेरु नजोर ।।११।।

यो ऋतु पनि वसन्त छ भारी, एकली तिमी पनी त तयारी ।
रातको बखत यो छ अपार, हैन सुन्दरि ! पछेउरि सार ।।१२।।

कोइली कुहु-कुहु मन हर्ने शव्द गर्छन हरे ! सब हर्ने ।
सिर्र-सिर्र मलयाचल वात लाग्छ सुन्दरि ! समातन हात ।।१३।।

कामले गरिरक्यो जिउ आधा वस्न शक्तिन ठुलो भइ बाधा ।
गर्दछयौ किन अनाहक झेल हुन्न सुन्दरि ! गराउँछु मेल ।।१४।।

गर्दछु अधर चुम्बन आज, व्यर्थ सुन्दरि ! नमानन लाज ।
त्यो मनोहर पछेउरि सरि, हेर्दछु प्रियतमे ! सय हार ।।१५।।

रुप, रंग रसकी तिमि खानी छयौ भनीकन बराबर जानी ।
भैरहेछ अहिले मन दङ्ग गर्दछयौ किन प्रिये ! रसरङ्ग ।।१६।।

ख्यै न ख्यै पटुकी हेर्दछु भारी, ख्वैन चोलि कसतो छतयारी ।
हेनैद्मौ मकन ठुङ्ग्रि र हार, सुन्दरि ! छि घुमटो अलि सार ।।१७।।

सुन्दरी ! जगतमा म समान छैन कोइ लिइ यो अभिमान ।
बिध्न पारनु त व्यर्थ छ आज, धेर सुन्दरि ! नमानन लाज ।।१८।।

के गरीकन रिजाउनु मैले, काखमा लिउँ कि सुन्दरि ! एले ।
पाउ दापनु त पर्दछ फेरी, गर्दछ्यौ किन अनाहक देरी ।।१९।।

धेर बेर पनि बस्न हुँदैन, सुन्दरि भनन मन छ कि छैन ।
छैन ता अब बिदा पनि पाॐ, अलटाल गरि के घर जाॐ ।।२०।।

वाणी सुनेर रसिला मन-मोह-कारी
सारै न लज्जित भयेकि तिनी पियारि ।
जाऊ नजाउ भनि केहि नबोलि बात
अनन्दपूर्वक बिताउन अज रात ।।२१।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)