Last modified on 9 जुलाई 2017, at 17:06

नेपालीको छातीमा हिमाली छायाँ छ / लक्ष्मण लोहनी

नेपालीको छातीमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको बिछट्टै माया छ

जनक जन्मे यही देशमा बुद्ध जन्मे ज्ञानी
वीरहरूको रगतले सिँचिएकी रानी
हिमालको पानीले हरियो पारेकी
प्रीति फुल्ने देशलाई को जाला बिर्सेर

हिमालको आँखामा नेपाल छुप्दैन
प्रकृतिले यसलाई सिंगार्न चुक्दैन
कोशी, काली, गण्डकी, कर्णाली बग्दछन
अबिरल पवित्र सन्देश बोकेर