भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेपाली हाम्रो श्रम र सीप / मुकुन्दशरण उपाध्याय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 नेपाल बाँचे नेपाली भन्ने मानिस बाँच्दछ
नेपाली भाषा, साहित्य, कला, संस्कृति साँच्दछ

एसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सीप स्वदेश मै लगाऊँ

नेपाल भोकै रहन्छ सीतो एउटैले नखाए
नेपाल नाँगै रहन्छ टालो एउटैले नलाए

एसैले आऊ गास र बास सबैलाई पुर्‍याऊँ
नेपाली हाम्रो श्रम र सीप स्वदेश मै लगाऊँ

पहाड भन्छ पसीना पाए मँ स्वर्ग भुलाउँथेँ
मधेश भन्छ अक्किल पाए मँ सुन झुलाउँथेँ

के छ र गाह्रो होष्टे मा हैँसे सबैले मिलाए
सबैले चोखो श्रम र सीप स्वदेश मै लगाए

प्रकृति ले नै सिंगारे जस्ता पहाड मैदान
गौरवशाली बुद्ध र पृथ्वी पूर्वज महान

सुन्दर माथी सुन्दर थपौं गौरव बढाऊँ
नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाऊँ