न जीत पाएँ न त हार पाएँ
जीवन निस्सार – निस्सार पाएँ
आफू जस्तै आगोमा जलेका
साथी एक, दुई, चार पाएँ
तिमीलाई पाउँदा लागेकोथ्यो
जीवन बाँच्ने आधार पाएँ
गलत थियो रोजाइ मेरो
फूलबीच काँडा हज्जार पाएँ
उपकार गर्नु व्यर्थ रहेछ
धन्यवाद न कुनै आभार पाएँ