भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पक्राउ / विमल गुरुङ
Kavita Kosh से
आमसभाको मञ्चबाट
एक युवक उभिएर कराइरहेथ्यो -
बिनाशर्त राजबन्दीहरुको रिहाई हुनुपर्छ !
जनसमुहबाट तालीको गड्गडाहट झर्यो
भोलि उ पक्राउ पर्यो ।