भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
परदेश / उमेश राई अकिञ्चन
Kavita Kosh से
यादहरूको यात्रा
हिडिरहेछ
प्रवासी मन
नीलो पर्दा समुद्रमा
हेर्दै
जिन्दगी, चलचित्र
थाहा छैन
कसले छायाङ्कन गरेर
राखिदियो आँखामा
पीडाका पहाडहरू
समुद्रको हावाजस्तो
किन
चिसो भयो मन
मोनालिसाका मुस्कान पस्किएर हिड्ने
रङ्गहरूको देशमा
विवाह मंडपको
हेलोजन लाइटमा
सारा शहर देखिन्छ
समुद्रमुनिबाट चल्छ
भूमिगत रेल
चौबिसै घण्टा ख
चौबिसै घण्टा खुल्छ
सेभेन इलेभेन
चौरासी परिकार पस्कन्छ
म्याकडोनाल्ड
सुखको कुन
व्याकरण उपलब्ध छैन र –
तर
हिड्दै जाँदा
बाक्लो हुस्सुको राजमार्गमा
बिसाएर अनुहार
थोपा जोड घटाउमा
बग्दै जाने
पानी
ऊ
र्फकन सक्दैन
आफ्नै जन्मघर ।