परेलीको बर्सातले छातीभित्र पहिरो गयो
बिर्सी जाने बैगुनीको सम्झना झन् गहिरो भयो
लैबरीको भाका अझै गुञ्जिरन्छ पाखाभरि
चल्छ हुरी उडाउँदैन जो चित्र छ आँखाभरि
आँसुले नै आँखा धोएँ आँखा अझै पीरो भयो
बिर्सी जाने बैगुनीको सम्झना झन् गहिरो भयो
बित्छन् मेरा रातहरू सधैँ कोल्टे फेरिफेरि
मेरो खुसी उतै अल्झ्यो पापिनीको पोल्टोभरि
कसले सुन्छ मनको बह जब ऊ नै बहिरो भयो
बिर्सी जाने बैगुनीको सम्झना झन् गहिरो भयो