Last modified on 21 मई 2017, at 12:58

पर लैजाऊ फूलहरू छोपिदेऊ तारा जून / राजेन्द्र थापा

पर लैजाऊ फूलहरू छोपिदेऊ तारा जून
बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरू

शहरको भीडमा म एक्लो हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि मन चुप हुँदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन

संसारदेखि भागुँला तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउँदिनँ
सपनामा पनि शन्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन