Last modified on 10 फ़रवरी 2022, at 11:25

पवनले फूललाई केही भन्यो कि क्या हो / तारिणीप्रसाद कोइराला

पवनले फूललाई केही भन्यो कि क्या हो ?
कि झस्किँदै कि मस्किँदै
मस्किएर जिस्किँदै
पवन औ फूलको दिल मिल्यो कि क्या हो ?

प्रियसी पवनको काखमा जो झुकिन्
लाजले चन्द्रमा बादलुमा लुकिन्
पवनको स्पर्शले केशरी छर्कियो
पवनले फूलको दिल हर्‍यो कि क्या हो ?

रातभर पवनले फूललाई हम्कियो
रातभर वायुमा मधुर वास गम्कियो
मिलनको आशमा जुनकिरी झुल्किइन्
फूलको पातमा मोति पो टल्कियो