भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पश्चिम कोही पूर्व घर / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पश्चिम कोही पूर्व घर, आँगन तर एउटै हो
छरिएर बसे के भो, सन्तान त एउटै हो

कर्णाली, महाकाली, कोशी कहीँ बागमती
हिमालकै जलधारा एउटैको छ नाम कति
चाखी हेर हर खोली, पानी सब एउटै हो
छरिएर बसे के भो, सन्तान त एउटै हो

गुराँस, सुनाखरी, कहीँ फूल छ अजम्बरी
सृष्टिकै सुन्दर फूल तर नाम थरी थरी
सुवास र रङ अनेक फूलबारी त एउटै हो
छरिएर बसे के भो सन्तान त एउटै हो