भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पसलबाट बिकिसकेको / विश्ववल्लभ
Kavita Kosh से
पसलबाट बिकिसकेको म मान्छे।
आँखाबाट सबको, झरेको म मान्छे।
आकाशबाट झरेर हराएको तारा।
सबले छोडिदिएको पहाडको धारा।
सबैबाट फ्याँकिएको नदीको किनारा।
बल्दाबल्दै निभेको तिम्रो सहारा।