भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहाड र चराहरु / नवराज लम्साल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यो हुरीलाइ पच्छ्याएर गएका चराहरु
अझै फर्किएनन् - गाुडमा
कहाा हराए होलान् - अध्यारो जागलमा ?
पहिरो गएको उदास पहाड
पर्खेर हेरिरहेछ सााझको मैलो आकाश
टाढा देखिन्छ
घर जलेर उठेको धावाको मुस्लो
भत्किएको मन्दिर र धुलेको पाठशाला
एकोहोरो बजिरहेछ
मानिसहरुको क्रन्दनको नमीठो बाासुरी
र आमा जस्ती पहाडको गालावाट बगिरहेछ
बगिरहेछ - आासुको मस्र्याङ्दी
संसाझै ढोका थनेर
निदाएको अभिनय गर्छन् - मानिसहरु
आधि रातमा रोइरहेका नानीहरुलाई
बलजफ्ति मुख थुनेर
हेर्छन् - सडकमा दौडिरहेका धमिलो आकृतिहरु
सुन्छन - काातर मनले कर्कश आवाजहरु
पहाड सवै हेरिरहन्छ - टलटल
तर पटक पटक हल्लिन्छ आफभित्रै करुणको भुकम्पले
किन हराए होलान वचेराहरु र नुहाए होलान रगत वगेको नदीमा
आफ्नै गाुड भत्काएर कहाा हाास्न सकिन्छ एक्लै ?
बग्ने जीवनको अर्को नाम
पहाड अलिकति निकास खोजेर
अलिकति विकास खोजेर
हेर्न खोजिरहेछ
स्वयम्भु हुदै फर्केका चराहरु
र सुन्न खोजिरहेछ चिरबिर चिरबिर गीत