भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहाड (दुई) / भीष्म उप्रेती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरो घर पहाडमा छ
पहाडकै ढुङ्गा फुटार गाह्रो लगाएको
पहाडकै रातो माटोले टालेको
कमेराको रङ र ढुङ्गाकै छानो
मेरो घर सानो तर पहाडजस्तै छ ।

पहाडजस्तै दु:ख पनि छ यहाँ
तर सानो घरभित्र
अटाएको छ मजस्तै
मसँगै सुत्छ बेलुका र निदाउँछ
बिहान सँगै उठ्छ र सँगसँगै हिँड्छ
मेरो आफ्ने छायाजस्तो
मेरो दु:ख ।