भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पाँच हाइकू / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एक
म नहुँदा नि
पछ्याउँछ मलाई
एउटा जीवन।


दुई
डुबेँ कसरी
किनारबाट हेर्दै
तिम्रा आँखामा।


तीन
चलिरहेछ
तिम्रो धड्कनले
हृदय मेरो ।


चार
सरिसकेछ
मेरो हृदयभित्र
स्पन्दन तिम्रो ।


पाँच
दिउसोको म
खोज्दैछु आफूलाई
राती तिमीमा ।