भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पित्तलको चाबी / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हेरिसकें
प्लेयरको छेउ
झ्यालतिर
टेबुलतिर
खै कता परेछ?
देखिएन चाबी
पित्तलको चाबी ।

अघिदेखि
मेरो प्यारो खैरो कुकुर
मलाई माया गरिरहेछ
आशा भरिएका आँखाहरुले
म तिर हेरिरहेछ पुच्छर हल्लाउँदै ।

सायद, आज दिएन होला
मालिकले खाना
हिजो अस्ति पनि नदिएको हुन सक्छ ।

म कोठाको कुना-कुनामा छापा हानिरहेछु
खोजिरहेछु
पित्तलको चाबी ।

भान्सा कोठा बन्द छ
भान्साकोठाको कालो किटको चाबी खोल्ने
सुरसार छ
सायद भाँडोमा
अलिकति खाना उब्रीएको होला
देखिएन चाबी
पित्तलको चाबी ।