भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पीडाको वन्दना (तीन) / नाज़िक अल मलाइका / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पीडा!तिमीलाई प्रेम गर्छौँ हामी !

हामी जित्न सक्दैनौँ पीडालाई
न त त्यसलाई अर्को दिनको लागि भनेर सार्न सक्छौँ,
न साँझमा कुनै काममा जोताएर व्यस्त राख्न सक्छौँ,
न कुनै खेल खेल्न लगाएर वा गीत सुनाएर अल्मल्याउन सक्छौँ,
न त बिर्सिएको पुरानो दन्त्यकथा सुनाएर भूल्याउन नै सक्छौँ।

आखिर यो पीडा भनेको के होला?
मायालु स्पर्शले थुम्थुम्याएर मुस्कान र लोरीले सुताएको
चञ्चल आँखा भएको सुकोमल, सानो बालकजस्तो।
 
ए तिमी, जसले हामीलाई दु:ख र आँशु दियौ।
अरू कसैले हैन
तिमीले नै उसको हृदय हाम्रा दु:खका लागि बन्द गरायौ

आँशु भएर शरण माग्दै हामी भए ठाउँ आयौ।

अरू कसैले हैन, तिमीले नै दियौ
मुस्कान सँगसँगै चोटहरूको उपहार ।