भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पुकार / डिल्लीराम तिमसिना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरो काम विचारि कोहि जनता गर्लान प्रशंसा पनि
धोक्रो खूब फुलाइ मूर्ख जनले निन्दा गरुन् तापनि
तिन्का लागि प्रयत्न होइन हरे बर्दान पाऊँ अब
हाम्रा त्यो कुलमा कुनै दिनमहाँ जन्म्योस् म जस्तो जन

हाम्रा बंश ति तिम्सिनाहरु उँदा सम्बन्ध लामू हुँदा
'एकचेपा' पृथिवी पनी दिनदिनै खिई नसक्ने हुँदा
लामो म्याद छ कालको यति छिटै टुङ्गो नपुग्ने हुँदा
हाम्रा त्यो कुलमा कुनै दिनमहाँ मेरो सँगी जन्मला ।