भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

पुरानो बात्‌को अर्जी / उदयानन्द अर्ज्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पुरानो बातको अर्जी
( वि.सं. १८४३-५० तिर )

श्री अैरश्वर्य सँगै भुवन् पृय बनी वीर्घेथितीमा अनी
तिन्‌पुस्तासँग नाति साथि जितमा कस्मिल्लि जित्‌वात् पनि ।
सद्धे ध्यान् हित योगिमा यछ वनी श्री पृथ्विनारायणी
अक्षर्मा न ति भै ति पूर्ण पदमा हे नाथ स्वै गाथ् धनी ।१।

चौबिस् बाइस लाष विस् सँगमहाँ बाउन्न कुत् भुत् बनी
जञ्जाल जाल जलाल लस्करि घना पत्थर्कलामा पनि
जव्वर्थर्उमरा बराह चहुँर्वसाँध् सव् मिल्याका बनी
कायम् पाहड चक्रवर्ति नृपमा पृथ्वीन्द्र ईश्वर् भनी ।२।

माँहाराज् पृथिवीन्द्र साह तृपका अष्‌त्यार नायक् बनी
चौबिस् बाइस राजय दिग्विजयमा औतार्भयाका भनी
श्री बाहादुर साहदेव थितिमा चार्वर्जम्याजन् गनी
चाकर्बेस बुबाज्युको छ कविलास्‌पुर्हान्न जान्या अनी ।३।

भन्न्या अर्जि र मर्जि पाइ प्रभुमा दिल् मिल् भयाको असल्
त्याभैँ ज्वान् कविलासपुर्दलनमा गर्दै रसद्को तसल्
चार्वफौज जम्या डंडाक् झञि नकल् समसेर्पना भै फसल्
बाजे वीर चरन् झुक्यो चहुँदिशा तप्‌सील् छ संक्षेप् असल् ।४।

मुष्त्यार्खास सरुप् कजाँञि पगरी श्रीनाथ कम्‌पिन् पनी
अैषमान् सिंह पुरानु गीरष सँगै हित्काजि दोश्रा बनी
सर्दापरिथवीर् भँडारि सँगमा भै देविदत् कुम्पनी
अर्धर्साथ वराह सङ्ग उमरा सङ बन्धु राना अनी ।५।

तेस्रो वष्त छ यो लडाञि तनहौं मिल्दा र फुट्दा महाँ
चौविस्का पछि लागि भुप् हर्कुमारेदत्सेन नाच्दा जहाँ
मद्दत् फौज् अघि विस्नुमल्ल नृपमा जम्मा भयाका वहाँ
गाम्‌ठाम्‌का उहि वंश लस्कर महाँ विस्तार्सकिन्छन् कहाँ ।६।

बेलकोट् साफ भयो र गाइ द्विजमा भर्पर्छ गोर्षा भनी
गछ् भै जैसि जम्मा र पक्रन महाँ श्री सिंह नायक् गनी
गैया षाइ डँडाक् अडयो जङ्गलमा भन्दै ति जैसी पनी
धाया बिन्ति जयप्रकाश बहना भै धुम् धडाका वनी ।७।

काली गोरष थर्सहाय नृपका तत्पूर्ण हिंसत्वमा
कृष्णार्ज्जुन् मिलि भार पूर्ण विच झै कल्‌को कलक् कंसमा
दाता जान्दइ बिस्नु मल्ल नृपका दातव्यका अंशमा
रिस् गर्दा रणजीत भूपति कुद्या भै जंग विध्वंसमा ।८।

स्वै गज् जैसि उठया उठाइ कहिं क्यै टुट्फुट् रजौटा अनी
अग्ध्यारै ढप थाह भै चहुँतरफ् स्वैपूर्व पश्चिम् गनी
भारा केहि गया गल्या जइसिका पन् फुट्कराजन् पनी
डाँड्या केहि प्रयोगमा पसिमल्या यै धुम् धडाका बनी ।९।

बिच् माँहा कविलासपुर् सर गरी दातव्य छोड्दै अड्यो
क्यै बाइस् चउविस् मिल्या झञिं हुँदा आड्मा फउज् क्यै बढयो
हो हो काहल हेरि फेरि लड लौ डंकादि गोर्षा चढयो
काली गोरष फौज वर्णन असल् गाथ्का अगाडी पडयो ।१०।

उस्तै ध्यान अनेक जोगिसँगमा छन् जोगिनी-सङ्गमा
देष्न्या चौबिस गैह्र वैरि तनहौँ हाहा पर्यो हङ्गमा,
च्यात्छन् आड कुँढा षुँडा र षुकुरी सम्सेरका रङ्गमा
भाग्या गैह्र तन्हौं वहाल रणमा फत्यै भयो जङ्गमा ।११।

क्ये धेर्लोत् परि वैरिभागि त गयो आड् कोट कायन् भयो
गोर्षा पट्टि त एक् जवान् कन बडै घा लागि बाँच्दै रहयो,
पायो खर्च इनाम खिल्लत असल् सम्सेर्पना हित्कह्यो
जित्त्भै त्यो कविलासपुर्कटकमा विस्तार यो भैगयो ।१२।

स्वै ठाम् काजी सरुप् अडेर दुइ वर्काजी र सर्दार्अनी
सोमेशवर्पुर हान्न सङः भरि रसद् जम्दै गया फौज् पनी,
श्रावण्‌मा अघिको कटक् भदर् यो ढाङःढुङः भर्या, भाव् पनी
ठिक्कै भी रणिमा रणा झञि बन्यो विस्तार गाह्रावनी ।१३।

चितवन वन विल्का फेरि वाहाल् चलाया
चहुँदिश पनि वैरी बैरिका पित् गलाया,
वरिपरि बसि वैरी मन्मनै मन् जलाया
छुटफुट पसि आया गुन् लिया काम लाया ।१४।

साजवटसँग माँहा रौतहट् साथ धायो
मिलि छलि मकुवानी क्यै वरस् ढाँटि खायो,
बुझिकन घरघर्गै प्राचिनै साँध आयो
सहज मिलि मधेस्का रैतको फौज धायो ।१५।

अकबरि अकबर्का छाप् असर्फी लियाका
रयतसँग लिकायत् चौधरी गाँसियाका
फउज क्षसि र माछा वस्त्र त्ल् घ्यू लियाका
नृपति दरस अम्मृत् मूर्तिमा रस् पियाका ।१६।

आम्छन् सब् जिमिदार्असर्फि कपरा पट्ना नजारान् गरी
लाग्या तङ्गि असर्फि माल चंहुवर्पट्ना भकारी भरी
जोर्छन् हात खडा भएर चहुवर्मिल्छन् तसल् दिल् धरी
ईश्वर् सिंहप्रताप शाह नृपमा गाथ् झैं प्रजा मन् परी ।१७।

अर्जि बात छ पुरानु त ताँहाँ
कीर्ति नीति तपसिल् गरि जाहाँ
त्यार्गरुन् कवि अनेक् रितमाहाँ
दान् षरच् गरि पुगोस् न त काहाँ ।१८।

काँमधेनु नृप कीर्ति सकल्मा
भूपराज पृथु झञि अकल्मा
विष् र अम्मृत पियाइ नकल्मा
सृष्टि स्वै छ थिति चल्छ अदल्‌मा ।१९।

फत्त्यै भै दुई पुर्सरुप्‌कन त क्यै क्यै जो थियो सो फुक्यो
लाल् चन्दासित आरज्या तिरथमै काँध्‌मा जनै खुप् झुक्यो
मुख्त्यालंस्करमा महक् चहुतरफ् क्यै खर्च ज्यादा चुक्यो
विस्तार्छन ति समर्थिया चहु दिशा क्यै काल पर्दा ढुक्यो ।२०।

सर्दाह्रै कविलासपुर्गढमहाँ स्वै कम्पनीसङमहाँ
सोमेश्वर्अइमानसिंह ति रह्या हित्कुम् पनि सवै जहाँ
गोर्षामा बलि बानिञाँ महुतरी मान्साहि क्यै रात्महाँ
डिठ्ठामा धरणी ति जोसि थरमा अर्ज्याल् रह्याका तहाँ ।२१।

तिन् लोत् पारि नयन् विभूतिको दस् लोत पार्दा पनी
चिन्हल् गर्द्धन छातिका लटकमा रुद्राक्ष कण्टा बनी
विस् लोत् पारि त ढालका सँगमहाँ घण्टा चँवर्छन् गनी
यक्लोत् पारि त लट्पटा॥ पगरी ज्वान्‌का चिन्हल्मा अनी ।२२।

ठाडो ब्राह्मणको तिलक् सँगमहाँ हित् क्षत्रिको राम् तिलक्
तिन्धर्क्या षसको तिलक् उहि नकल् लाल्धेर्मगर्को तिलक्
यै ढप् सिन्धुर क्यै गुरुंकन तिलक् नेगीक जल् यै तिलक्
धरेका तेर्छि दुवै ती जैसिकी तिलक् वर्भूद यक् बुँद् तिलक् ।२३।

जात् काम् चन्धनमा पुसाक थितिका देख्दै ठहर्न्या अनी
नक्कल् पारि छुपाइ भेस कहिं क्वै आया गर्या् ढाँट् पनी,
चाँडै सास्ति समेत पाइ थितिका जाल्मा मिल्यो त्यो बनी
यसेता न्याय थिया बुढाहरु महाँ हुन्थया अटर्नित् भनी ।२४।

भंन्या केहि कतै कतै अरु कुरा धर्धर्महाँका अनी
न्या अन्याय त जो जहाँ जति सुन्या सन्धया जप्या झैं बनी
अर्कैका झगरा कुरा हित हुन्या सन्सारी माया पनी
क्या आश्चर्य रहेछ मोह भवमा हित्‌सङ्ग ली लौ धनी ।२५।

सहर्गोरषा कान्तिपुर् तप्तमाहाँ
तृपत् न्यायमा विक्रमादित्य जाहाँ
धरन् चारवर्देशमा कीर्ति जाहा
सबै विन्ति विस्तार यो सक्नु काँहा ।२६।

सुभन् ढाक्रया उदयानन्द जोसि अर्ज्यालको हाजिरी ।

             ‘वीरकालीन कविता’ बाट साभार