भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीको भार हजुर / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पृथ्वीको भार हजुर चढ्छ चिल्लो कार हजुर
उसैलाई भेट्न आज सबको मारामार हजुर
 
महँगीले आकाश छोयो धुरुधुरु मन रोयो
कहिले हुने हाम्रो कमाई दुईबाट चार हजुर
 
गरिबीले पाता कस्यो कर्म हाम्रो कता पस्यो
हराउँदै छ दुखियाको जिउने आधार हजुर
 
आफन्तको नाउँ छैन टेक्ने कुनै ठाउँ छैन
बाटोभरि बिछेको छ तरबारको धार हजुर
 
मध्यान्हमै रात खस्छ अभावले घाँटी कस्छ
यही हो त 'निखिल'को जिउने संसार हजुर?